झापा । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
तीन जनालाई पछि पार्दै नुवाकोट जेसीजका पोखरेलले बाजी मारेका थिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा झापाका भीमबहादुर कुवँर निर्वाचित भएका छन् । अर्जुनधारा जेसीजका पुर्व अध्यक्ष कुवँर यस अघि नेपाल जेसीजको उपाध्यक्ष थिए ।
त्यसैगरी उपाध्यक्षमा झापाबाट दुई जना निर्वाचित भएका छन । धुलाबारी जेसीजका योगेश राजबंशी र बीरता जेसीजका घनश्याम चौधरी उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुनेछन भने ३ जना अध्यक्षले मनोनयन गर्ने छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।























































