झापा । झापाको मेचीनगर नगरपालिकाका मेयर गोपाल बुढाथोकी र अधिकृतबीच`सनक´को उपहार  बिकासमा बाधा र नागरिकलाई  सास्ती दिइएको छ। लामो समयदेखि मेयर  बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृतबीच वेमेल हुँदा बिकास निर्माणमा समस्या भएको छ भने  आमनागरिकले सास्ती भोग्दै आएका  छन् । IMG_20240103_170802 1गर्न चाहे सोचेजस्तै बिकास निर्माण र सुशासन ल्याउन सक्ने माहोल र क्षमता रहेको पनि नेतृत्वमै समस्या देखिएको  आमसर्वसाधारणले  औंल्याएका छन्  ।

स्थानीय तहको निर्वाचनले नगरप्रमुख र उपप्रमुखसहित करीब ९० प्रतिशत जनप्रतिनिधि निर्वाचित हुन् । नेकपा एमालेले दुई तिहाई बहुमत सिट हासिल गरेपनि फलस्वरुप दीर्घकालीन योजनाका साथ कार्यक्रम ल्याउन नसक्दा आमनागरिकमा निराशा छाएको छ । अधिकांश वडाहरु बुढाथोकी निकटकै पार्टीको पकडमा छन् । दुईतिहाई मताधिकार पाएर पनि नगरभित्र कुनै ठोस योजनाले रुप पाउन नसक्नुले नेतृत्वभित्रै सक्षमतामा प्रश्न गरेको पाइन्छ ।

हाल नगरपालिका समस्याको बिश्रामस्थल जस्तै बनेको छ । जनप्रतिनिधि र कर्मचारीको वेमेलका कारण आमनागरिकको काम कार्यान्वयन नहुँदा लामो समयदेखि जनताको समस्याको बिश्रामस्थल जस्तै बनेको हो । समस्याको समाधानका लागि नगरको कार्यालय पुग्ने सर्वसाधारण निराश प्राय: छन्। नगरले बिकास निर्माणका योजना कार्यक्रमदेखि सेवामूलक कामका आरोपप्रत्यारोप गर्दै पन्छिने गरेको छन् ।IMG_20240103_165410नगरमा आएका प्रशासकसँग वेमेल हुनु, विभिन्न तहका कर्मचारीबीचको समस्या सामाधानमा मुकदर्शक बन्नु, वडाभित्र देखिएका समस्याप्रती सामाधानको प्रयास नगर्नुले मेयर बुढाथोकीलाई आम मेचीनगरबासी हेर्ने दृष्टिकोण फरक बनाएका छन् । शालीन, भद्र र नगरको बिकास तथा सुशासनमा सफल नेतृत्व गर्नसक्ने क्षमता रहेको भन्दै स्थानीय तहको चुनावबाट जनताले नगरप्रमुखको जिम्मेवारी सुम्पेका थिए । उनी पुर्वप्रदेश माननीय सदस्य पनि हुन् । तर, आमनागरिकले अपेक्षा गरेनुसारका गतिविधि भन्दा नगरभित्र कर्मचारीबीच वेमेल र आरोपप्रत्यारोपमै करिब २ वर्ष बितेको छ ।

हालसम्म बिकास-सुशासनका बिषयमा सामान्य योजनाका काम सम्पन्न भएपनी ठोस र दीर्घकालीन योजनाका ल्याउन सकेका भने छैन । यद्यपि, कर्मचारीकै वेमेलका कारण समस्याको फाइल लिएर पुग्ने सेवाग्राहीलाई कुनै न कुनै बहानामा फर्काउँछ नगरपालिकाले । कहिले सम्बन्धित कर्मचारी हुँदैनन् त कहिले प्रमुख प्रशासकीय अधिकृत नै आउँदैनन् । मेचीनगरमा सेवाग्राहीले समस्या झेल्न थालेको अहिले मात्रै होइन। कर्मचारीबीचको विवादका कारण सेवाग्राही कठिनाइ झेलिरहेका छन् । कहिले प्रशासकीय अधिकृत त कहिले लेखा शाखाका प्रमुखको `सनक´ले अप्ठ्यारो भइरहेको जनप्रतिनिधि बताउँछन्।

समस्या पर्दा समाधानका लागि वडा र नगरपालिकाको कार्यालय धाउने सर्वसाधारण नागरिकले उल्टै सास्ती बेहोर्नु परेको छ ।  मेचीनगरमा १५ वटा वडा छन् । ती सबै वडाभित्र आआफ्नै समस्या छ । नगरको जिम्मेवारीमा पर्ने कामलाई नगरपालिका कार्यालयले छरितो र प्रभावकारी शैलीमा कार्यान्वयन नगर्दा प्रायः सबै वडाका जनप्रतिनिधि वडाध्यक्षलेसमेत सास्ति बेहोर्नु परेको छ । नगर समस्याग्रस्त बन्दा बिकास निर्माणका काम ठप्प प्राय:देखिन्छ । कार्यालयको नियम भन्दा काम गर्ने शैली र प्रणाली ढिलासुस्ती भई कार्यान्वयन नहुँदा त्यसको जवाफमा नेतृत्व नै पन्छिने गरेको आरोप नेतृत्वलाई लाग्ने गरेको छ ।

चार प्रशासक भड्किए:

बुढाथोकीले जिम्मेवारी सम्हाले यता ४ जना प्रमुख प्रशासकीय अधिकृत आउने-जाने क्रमले सोझासाझा नागरिकले कार्यालयगत कागजी काम गर्न झनै समस्या भएको पाइन्छ ।

मेयर बुढाथोकी नगरपालिकामा प्रवेश गर्दा सुरेश दाहाल नगरको प्रमुख प्रशासकीय अधिकृत थिए । केही समय राम्रै ढंगले कामकार्वाही गरिरहेको नगरमा मेयरको असहमतियोग्य गतिविधिकै कारण दाहालले बिदा लिएर गए ।

त्यसपछि कर्मचारीबीचको विवाद चर्किंदै गएपछि नगरभित्रको कामकाज प्रभावित भएको थियो। त्यसमै कर्मचारी र जनप्रतिनिधिबीच पनि विवाद थपिएको थियो। त्यसपछि चम्लागाईंलाई पुस २९ गते कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरियो। त्यसको चार महिनापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महेश पराजुलीलाई मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको विवाद केहिसमय साम्य भएको थियो । मेयरबीच वेमेल भएपछि पराजुली पनि नगरबाट बाहिरिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा मेचीनगर आउन ठिक्क परेका दाहाल थरिका कर्मचारी नगरभित्रको वेमेल बुझेपछी कार्यालय नै प्रवेश नगरी अर्कै ठाउँमा सरुवा गराई गन्तव्यमा लागेका थिए । चौथो पटक भद्रपुर नगरपालिका हाकेर आएका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी पनि ठेकेदार काण्डका कारण बिवादित बन्न पुगेका छन् ।

२ वर्ष नपुग्दै ४ जना प्रशासक फेरेका नगरपिता बुढाथोकीले ५ वर्षमा कति फेर्लान् र नगरलाई कस्तो बनाउनेहुन् भन्ने कौतुहल पनि उतिकै छ ।

कर्मचारीबीच वेमेल उस्तै:

विवाद साम्य नहुँदै स्थानीय सरकारले नियुक्त गरेका सामाजिक शाखा र लेखा शाखा प्रमुखबीच विवाद उत्पन्न भयो। सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्ती र निजामती कर्मचारी समायोजन रोजेर लेखा शाखा प्रमुख बनेका पदम कार्कीबीच ज्येष्ठताको विषयमा विवाद शुरू भयो। विवादले कामकाज प्रभावित भएको थियो । यो बिषयमा पनि मेयर बुुुढाथोकीको कुनै भूमिका भने नरहेको र मुकदर्सक बनेको कर्मचारीको आरोप छ ।

यसै बिषयलाई लिएर कार्की उच्च अदालत, विराटनगरसम्म पुगेका थिए । उच्च अदालतले वस्तीलाई ज्येष्ठता कायम गरिदिएपछि कार्कीले सर्वोच्च अदालत गुहारेका थिए । यहीँ विवादका कारण कर्मचारी विभाजित छन् भने सेवाग्राही र जनप्रतिनिधिले हैरानी खेप्नुपरिरहेको थियो । “दुवै जनाबीच मुखले केही नभएको जस्तो गरेपनि व्यवहारमा त्यस्तो छैन,” एक कर्मचारी भन्छन्। जसले गर्दा सामाजिक शाखाले छिटो गरेको काम लेखा शाखाले अड्काउने, लेखा शाखासँग सम्बन्धित मान्छेको काम सामाजिक शाखाले अड्काउने गरेको सेवाग्राही बताउँछन्। यसमा प्रमुख प्रशासकीय अधिकृतले पनि समाधानका निकास निकाल्न नसकेको जनप्रतिनिधिको आरोप छ।

यो विवादले कामकाजमा त असर परो नै त्यतीमात्रै होइन, कर्मचारीबीच हातपातसम्म गर्न भ्याए । लेखा शाखा प्रमुख कार्कीमाथि २०८० भदौ ८ मा कार्यालयकै कर्मचारीले हातपात गरेका थिए । कार्कीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरीसमेत दिएका थिए।

समस्याको चुरो कुरो:IMG_20240103_165521मेची नगरपालिकाभित्र हडिया, टिमाई, निन्दा तथा मेची खोला छन् ।  मेचीनगरको दोस्रो मुख्य आम्दानीको श्रोत नै नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र शुल्क असुली हो । सोही विषयमा पुस १२ गते नगरपालिकामा छलफल भइरहेको थियो ।

भण्डारण गरेको नदिजन्य सामाग्री (ढुंङ्गागिटी) लाई नगरपालिकाले जफत गर्नुपर्ने वा सम्बन्धित ठेकेदारलाई नै उठाउन दिनुपर्ने बिषयमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको बिवाद उत्कर्षमा पुगेको थियो । जनप्रतिनिधिले नदिजन्य सामाग्री ठेकेदारलाई नै बिक्री गर्न दिनुपर्ने अढान राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीले नियम अनुसार नै बिक्री गर्नुपर्ने तर्कका कारण समस्या उत्पन्न हुँदा ठेकेदारतर्फ समस्यामा परेको उनिहरुको गुनासो छ ।

नगरप्रमुख बुढाथोकीले भण्डारण गरिएको नदीजन्य सामाग्री ठेकेदारलाई उठाउन दिने प्रक्रिया थाल्न प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई निर्देशन दिएका थिए । बुढाथोकीको उक्त निर्देशन सुनेपछि प्रमुख प्रशासकीय अधिकृत सन्किदै  बुढाथोकी र रेग्मीबीच चर्काचर्की नै परेको थियोे । अर्को दिन नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत रेग्मी, नगरका लेखा अधिकृत पदमबहादुर कार्की, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायत बसेर छलफल गरिरहेको बेला ठेकेदार राजकुमार थापासहितको समूह नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरेपछी समस्या सुरु भएको थियो । ठेकेदार  थापा र उनिसंगै आएका प्रभात राईले प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथी आक्रमणको प्रयास गरेपछि तनाब अवस्थाले सिमा नाघेको थियो । त्यो दिन कार्यालयभित्र र कार्यालय बाहिर प्रमुख प्रशासकीय अधिकृत रेग्मी र ठेकेदार थापाबीच चर्काचर्की भएको भिडियो सामाग्री सामाजिक सञ्चालहरुमा सार्वजनिक भइसकेका छन्। त्यसपछि नगरपालिकाको बिज्ञप्ति सार्वजनिक भयो ।

बहुमतको बर्खिलाप:

नगरप्रमुख र उपप्रमुखसहित करीब ९० प्रतिशत जनप्रतिनिधि एमालेबाटै निर्वाचित हुन् । नेकपा एमालेले दुई तिहाईबढी वा (बहुमत) सिट हासिल गरेको नगर हो मेचीनगर । उपप्रमुख मीना उप्रेती पनि एमालेकै हुन् । वडाहरु अधिकांश एमालेकै पकडमा छन् । दुईतिहाई मताधिकार पाएर पनि नगरभित्र कुनै ठोस योजनाले रुप पाउन सकेको छैन भने कुनै दीर्घकालीन योजनाको थालनी पनि गरेको छैन । यसले बहुमत पाएर पनि अल्पमतले गर्ने कार्यशैलीमै गतिविधि गरेको छ । 

वडाध्यक्ष आन्दोलित:IMG_20240103_131123 1केहीसमय अघि मेयर उपमेयरलाई नगरभित्रको ब्यप्त समस्या सामाधान गर्न भन्दै मेचीनगर-४ का अध्यक्ष अर्जुन कार्की, १० का अध्यक्ष नारायण खनाल र १३ का अध्यक्ष कृष्णराज सिग्देलले आन्दोलन नै गरेका थिए । सर्वसाधारणको काममा कर्मचारीको ढिलासुस्तीदेखि बिकास निर्माणलगायतका ठोस योजनाका कामकार्वाहीमा लापरबाही गरेको भन्दै बिज्ञप्ति जारी गर्दै आन्दोलित भएका थिए । आन्दोलनमा उत्रेका अध्यक्षत्रय एमालेबाटै निर्वाचित प्रतिनिधि हुन् ।