चारआली । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमबीच सुनार सेवा समाजको मेचीनगर नगर समिति निर्वाचित गरेको छ । मेचीनगर-१२ को काली मन्दीरमा शनिबार आयोजित अधिवेशनले पदम सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नव कार्यसमितिले क्षमताको आधारमा अन्य ५ सदस्यीय मनोनीत गर्ने गरी सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष, सचीव, सहसचिव र कोषाध्यक्षमा क्रमशः देबराज सुनुवार, योगराज सुनुवार धनबहादुर सुनुवार र आरोही सुनुवार सर्वसम्मत भएका थिए ।
त्यसैगरी पबित्रा सुनुवार, टीकाराम सुनुवार, अजित सुनुवार, लालबहादुर सुनुवार, प्रेमकुमारी सुनुवार सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई आदिवासी जनजाती महासंघका जिल्ला सदस्य एबम् कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर सुनुवारलगायतका अतिथिहरुले अबिर लगाएर स्वागत गरेका थिए ।
देवराज सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दिलबहादुर सुनुवार, अतिथिहरु गौरव लिम्बू, अपुर्ब डाँगी, सोनाम तामाङ लगायतले नव निर्वाचित कार्यसमितिलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए । पदम सुनुवारले स्वागत गरेको कार्यक्रमको संचालन धनबहादुर सुनुवारले गरेका थिए ।























































