मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर -४ को आइतबार सम्पन्न प्रथम वडा अधिवेशनले केदार सुनुवारको अध्यक्षतामा १४ सदस्यीय वडा कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमित राउत, सचिवमा मौसम भारती, सह-सचिवमा सोम लिम्बू र रजत कार्की, कोषाध्यक्षमा प्रासन्न दाहाल र रेशव कार्कीलाई कार्यक्रम संयोजकमा मनोनीत गरेको हो ।FB_IMG_1704621793527त्यसैगरी सदस्यहरुमा सम्झना कार्की, सम्झना (सारु) मगर, सविना मगर, अन्जला माझी, बिक्रम चौधरी,भेजराज भुजेल, दुर्गा भण्डारीलागायत रहेका छन् ।

प्रशान्त कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता बिष्णु प्रसाईं, अतिथिहरु निलण्कठ तिवारी, मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल, देबकुमार राई, भुपाल ओली, युवा संघका मेचीनगर अध्यक्ष सुनिल राजबंशी, पवन बराइली, सरोज मेहरालगायतले नव निर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।