काठमाडौं । घुस मागेको भन्दै भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका कार्यालय सहयोगी निरज कँडेल कुटिएका छन् । फाइल खोल्न घुस मागेपछि कपिलवस्तु मालपोतका कर्मचारी कुटिएका हुन् ।भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेलमाथि कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित् मिश्राले कँडेललाई कुटपिट गरेका हुन् ।
कँडेललाई कुटपिट पश्चात मिश्रा कार्यालयबाट बाहिरिएर सम्पर्क बिहिन बनेका थिए । कुटपिटका कारण कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ ।
दुवैबीचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरू बताउँछन् । कुटपिटपछि मिश्रा मोबाइल स्विच अफ गरी फरार भएका छन् । कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ । यता घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ ।
कार्यालयले मिश्राविरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दाबी छ । मालपोतमा कर्मचारीहरुलाई अतिरिक्त पैसा नदिए फाइल अघि बढाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ । मालमा लेखापढी र सेवाग्राहीले अतिरिक्त शुल्क दिने प्रथा अझै नहटेको सेवाग्राही बताउँछन् ।






















































