झापा । मेची चेम्बर अफ कमर्स मेचीनगर सम्मानित भएको छ । चेम्बर अफ कमर्स जिल्ला कार्यसमितिले छैठौं साधारण सभाको अवसार पारेर सोमबार उत्कृष्ट शाखाको रुपमा मेची चेम्बर अफ कमर्सलाई सम्मान गरेको हो ।
संस्थाको चौतर्फी बिकास, नेतृत्व एबम् उधमशीलताको बिकाससँगै संस्थाको गरीमा उच्च राख्न उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भएको मेची चेम्बर अफ कमर्स शाखाकी अध्यक्ष रुकमणि पोख्रेल आचार्यले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले सम्मानपत्रद्वारा सम्मान गरेको हो । मेची चेम्बर अफ कमर्सकी अध्यक्ष पोख्रेल, सचिब शौरभ रौनिया, सहसचिव सुरज चौधरी सदस्यहरु बिजय गुप्ता र मन्जु थापाले सामुहिक रुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।
सोही कार्यक्रममा चेम्बर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली निर्विरोध निर्वाचित भएका छन् । छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुःन दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् । ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति समेत चयन भएको हो । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली, उपाध्यक्षमा मोहनकुमार मित्तल र प्रदिप खरेल,घनश्याम चौधरी र भिमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेबी भट्टराई (प्रसाई) , कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सदस्य शीला ढकाल, लक्ष्मी प्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई चयन गरेको निर्वाचन समिति सदस्य रोहित काफ्लेले जानकारी दिए ।
उद्धघाटन कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डे, मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोला, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्णचन्द्र काफ्ले, महिला चेम्बर कमर्श झापा अध्यक्ष प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मनतब्य राखेका थिए ।






















































