मेचीनगर । कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङले प्रदेशलाई ब्यवस्थित गर्न लागिरहेको बताएका छन् । प्रेस क्लव मेचीनगरको नवौं वार्षिक साधारण सभाका प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन ब्यवस्थापन गर्न कानूनी र प्रक्रियागत रुपमा लागी परेको बताएका हुन् ।

सांसद तामाङले अहिले चौतर्फी रुपमा संघीयतामाथि आक्रमण भइरहेकाले प्रदेश सभाले प्रदेशलाई नै बलियो बनाउने लागि परेको बताएका थिए ।

प्रेस क्लब मेचीनगरको अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, कार्यक्रममा मेचीनगर-५ का वडाध्यक्ष कनक कार्की, वडा-७ का वडाध्यक्ष प्रल्हादमणी ओली र मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, पुर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र लक्ष्मी उप्रेती, फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा, अग्रज पत्रकार जिएन शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष बरालले संस्थागत गतिविधिको प्रतिवेदन पेश गरेको साधारण सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिनिता शर्माले प्रस्तुत गरेकी थिइन्  । मेचीनगर क्लबका उपाध्यक्ष जिआर धितालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचिव देबु बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।