वीरगन्ज  । झारफुक गर्ने बहानामा १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ३० वर्षका आकाश मण्डल पक्राउ परेका छन्। प्रहरीले बाराबाट उनलाई पक्राउ गरेको हो।

अस्वस्थ भएपछि ती बालिकाको अभिभावकले उनलाई मण्डलकोमा झारफुक गर्न लगेका थिए। झारफुकको बहानामा बालिकालाई बलात्कार गरेको प्रहरीमा उजुरी परे लगत्तै जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो।

मण्डल बाराको महागढीमाई नगरपालिका–२ मा बसेर केही समयदेखि झारफुकको काम गर्दै आएका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।