चारआली । स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको झापाको चारआलीस्थित ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ सुरु भएको छ ।  चारआलीमा ११  गते बिहीबार आयोजित समउद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय सबिना बजगाँईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी थिइन् । उनले बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक क्षेत्रकाे स्तरउन्न्ती र चारआली क्षेत्र संचालनमा रहेका सबै संघसंस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।IMG_20240125_185110
भोजराज पराजुलीको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यबाहक मेयर हृदय राजबंशीले सांस्कृतिकले जोड्ने, राजनीतिले उथलपुथल ल्याउने बताए । कार्यक्रमबारे प्रकाश टाँसी फुन छोग् छोई खोरलिङ गुम्बाका सचीव सोनमसिंह तामाङले गरेका थिए । कार्यक्रमको समापन फुर्वा लामाले गरेका थिए ।
टाँसी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगरको आयोजनामा सुरु भएको महोत्सव अवधिभर बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत विभिन्न समुदायको पहिचान दिने आयोजकको भनाई छ ।IMG_20240125_183515
चारआली क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धनका लागि माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सवको प्रदर्शनी  साथै जातजातीका पहिचान, स्थानीय ब्यवसायका स्टल, खेल तमासा, मनोरञ्जनका सामाग्रीका स्टल रहने आयोजकले जनाएको छ । 
महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा, नेपालका चर्चित गायकहरु प्रमोद खरेल, रचना रिमाल,  सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर , भिटेनलगायतका रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ भने स्थानीय कलाकारले महोत्सवअवधिभर कला र सांगीतिक प्रस्तुति गर्ने सहआयोजक चारआली जेसीसले जनाएको छ ।
१२ वर्षअघि चारआलीमा इलाम रोडमै महोत्सव लगाइएको थियो । पुर्वका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, भारतको विभिन्न ठाँउबाट सदरमुकाम तथा चन्द्रगढी एरपोर्टबाट र दमकदेखि आगमन हुँदा निकासको मध्यमार्ग चौबाटो पर्ने झापाको चारआली चोक नै पर्ने गर्दछ ।  तर, यस क्षेत्रको बिकास-प्रवर्द्धनका लागि संस्थागत प्रयास नहुँदा ओझेलमा परेका संस्कार-संस्कृती एबम् ब्यापार-ब्यवसायका लागि महोत्सवबाट  उर्जा मिल्ने स्थानीयको बुझाई छ  ।