ताजा
X

खुल्ला सिमाका कारण राजश्व संकलनमा चुनौती देखियो -प्रजिअ बाँस्तोला

alt

मेचीनगर । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले खुल्ला सिमानाका कारण  चुहावट नियन्त्रण गर्न नसक्दा अपेक्षाकृत राजश्व संकलनमा चूनौति देखिएको बताएका छन् ।

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सार कार्यालयद्वारा आयोजित समापन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रजिअ बाँस्तोलाले त्यस्तो बताएका हुन् ।IMG_20240126_163410उनले भन्सारमा अत्याधुनिक प्रणाली लागू भई कार्यान्वयनमा आएको भएपनि राजस्व चुहावट नियन्त्रण हुन नसकेको उनको भनाई थियो ।

प्रजिअ बाँस्तोला राजश्व चुहावट नियन्त्रण समितिका जिल्ला अध्यक्षसमेत हुन् । जिल्लाको करिब १ सय ४४ किलोमिटर नेपाल-भारत खुल्ला सीमाले नियन्त्रण प्रयास प्रभावकारी नभएको उनको भनाई थियो ।  भन्सारबाट संकलित राजश्व मुलुकको लागि अर्थतन्त्रको मुल स्रोत हो उनले भने,`राजस्व छरिन नदिन र व्यवसायीको पनि हित हुने वातावरण बनाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्दछ र राजस्व प्रवद्र्धनका लागि सबैपक्ष जिम्मेवार बन्नुको विकल्प छैन ।´

समारोहमा विशिष्ट अतिथि रहेकी भारत नक्सलबाडी कस्टम डिभिजनकी असिस्टेन्ट कमिस्नर निमा ल्हामू शेर्पाले नेपाल-भारत देशबीचको आयात–निर्यातमा देखिएका समस्या सुल्झाउँदै दुवै देशको महत्त्वपूर्ण छलफल आवश्यक रहेको औंल्याइन् ।IMG_20240126_163516कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य केशवराज पाण्डे, उद्योग महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले भन्सारबाट आयात-निर्यातमा देखिएका समस्याको समाधान गर्न सम्बन्धित निकायले चासो दिन आग्रह गरेका थिए ।

कार्यक्रममा सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएबापत पत्रकारहरु मुक्ति पौडेल, लक्ष्मी उप्रेती र अम्बिका भण्डारीलाई सम्मान गरेको छ ।

यस्तै, गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखाका प्रमुख शरणराज भट्टराई, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङका कार्यकारी प्रमुख विशाल गुप्ता र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिका ओमकृष्ण विमलीलाई सम्मान गरेको थियो  ।

त्यस्तै, भन्सार विभागबाट पुरस्कृत भएका एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे र मेची भन्सारका कम्प्युटर अपरेटर श्याम रिजाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो ।IMG_20240126_163428सो अवसरमा मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई सम्मान गरियो ।

त्यसक्रममा दिवस लक्षित साताव्यापी प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने मेची सामुदायिक सेवा केन्द्र, रोटरी क्लब अफ काँकरभिट्टा, मेची उद्योग वाणिज्य संघलगायतका संघसस्थालाई सम्मान गरिएको थियो ।

वतृत्वकला प्रतियोगितामा प्रथम भएका सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला, द्धितीय भएका बाल सुबोधिनी माविका रमेश नेपाल र तृतीय भएकी कविशिरोमणि माविकी उषा निरौलालाई जनही पुरस्कारराशी ५, ४ र ३ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

यस्तै, ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका बिर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेती, द्धितीय भएका मेचीनगरका दीपक घिमिरे र भिसन राई तथा तृतीय भएकाहरु दमकका प्रकाश राई र सुदेन राई एवं कुशल बस्नेत र जुनुन राईको जोडीलाई जनही पुरस्कारराशी क्रमशः २५, १५ र ५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको समारोहमा स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सारका नायब सुब्बा वीपी कोइरालाले गरेका थिए ।

१३ घण्टा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानलाई झापा प्रशासनले दियो ६ बुँदे निर्देशन १३ घण्टा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी असोज ३०, २०८३ आँखा उपचारका लागि नेपाल प्रवेश गर्ने लागेका एक जना पक्राउ असोज २९, २०८३ अनलाइन ठगी र ह्याकिङमा परेकाहरुको रकम फिर्ता असोज २९, २०८३ झापामा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २८, २०८३ झापाको सुरुङ्गामा रोशन चुडालद्वारा आधुनिक `फेस कट एण्ड बचरी´ सञ्चालनमा असोज २८, २०८३ झापामा मासुको मूल्य मनोमानी वृद्धि, उपभोक्ता मारमा, नियमनकारी निकायले अनुगमन नगरेको गुनासो असोज २८, २०८३ चीनका पूर्वमेयर ह्वाङ छिफानमाथि भ्रष्टाचारको आरोप असोज २८, २०८३ पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव पर्ने असोज २७, २०८३ दशैं, तिहार, छठमा सुरक्षा प्रदान गर्न लागि देशभर ५० हजार बढी प्रहरी परिचालन असोज २७, २०८३ नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै असोज २६, २०८३ नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय ५ ‘एस’ हक्की प्रतियोगिताको तयारी असोज २५, २०८३ बाढीमा परेका ३८ जनाको नेपाली सेनाद्वारा उद्दार असोज २५, २०८३ सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित असोज २५, २०८३ वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे असोज २५, २०८३ बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो असोज २५, २०८३ काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र असोज २२, २०८३ अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा असोज २२, २०८३ स्वास्थ्य बीमा कार्यक्रममा नक्कली दाबीलाई घटाउन स्वास्थ्य बीमा बोर्डले नयाँ योजना ल्याउने असोज २२, २०८३ पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश असोज २२, २०८३ बलिउड अभिनेता नाना पाटेकरको निधन असोज २२, २०८३ चाडपर्व लक्षित बजार अनुगमन तीव्र, व्यवसायी सतर्क असोज २२, २०८३ देशका विभिन्न ठाउँमा मध्यम बर्षा हुँदै
01 चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन 02 अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ? 03 बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ 04 लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने 05 चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ 06 प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी 07 समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट 08 मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति 09 मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी 10 अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा 11 अलबिदा ! साली तुलसामाया (दीक्षा) 12 `जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´ 13 मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु 14 कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था 15 हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते 16 अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु 17 जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह 18 नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द 19 नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य 20 ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी 21 अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो 22 नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु 23 यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने 24 बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना 25 मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु