चारआली । झापाको चारआलीमा संचालनमा आएको ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ मा आगन्तुक दर्शकले माहोल तताएका छ्न् । चिसोको प्रवाह नगरी स्थानीय तथा राष्ट्रिय कलाकारको संगीतमय प्रस्तुतिलाई नजिकबाट अवलोकन गर्न बेलुकासम्म दर्शकको उपस्थिति बाक्लै देखिन थालेको छ ।IMG_20240128_123441
सांस्कृतिक महोत्सव सुरुवातीको अर्कोदिन शुक्रबार गायक डम्बर नेपालीले बेजोड साङ्गीतिक प्रस्तुति गरेका छ्न् । महोत्सवमा शनिबार झापाली गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री)ले दर्शकको मन जित्ने गीत प्रस्तुत गर्दै महोत्सवस्थलको माहोल तताएका थिए । आज आइतबार चर्चित राष्ट्रिय गायिका ज्योति मगरको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।
मेचीनगर-१३ स्थित चारआलीको प्रगति बन क्षेत्रभित्र निर्माण गरिएको टाँसी फुन छोग् छोई खोरलिङ नामको धार्मिक स्थल गुम्बाको चौतर्फी बिकास-उन्ननयका लागि सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।
चारआली क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धनका लागि माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सवको प्रदर्शनी गरिने अध्यक्ष फुर्वा लामाले बताए ।
महोत्सवमा विभिन्न जातजातीका पहिचान झल्काउने, होटल तथा मनोरञ्जनका स्टल, खेल तमासा, नौका बिहार, रोटेपिङलगायत र हाउजी खेलसहित तमासाबाट प्रवेशीलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । IMG_20240126_214355
स्थानीय कलाकारले दैनिक साङ्गीतिक प्रस्तुति गर्दै आएको महोत्सवमाभारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा, नेपालका चर्चित गायकहरु रचना रिमाल,  सविन राई, राजेशपायल राई, एलिना चौहान , भिटेनलगायतका रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
डेढ दसकयता मेला-महोत्सव लाग्न नसकेको चारआली क्षेत्रमा यो महोत्सवले मनोरञ्जनका लागि उर्जा थपेको स्थानीयको भनाई छ । मेला महोत्सव गर्न खुल्ला जमिनको अभावकै भएकै कारण  त्यो ठाउँमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना हुननसकेको  स्थानीयको संघसस्थाको बुझाई छ ।