धुलाबारी । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ मा निर्माणाधीन अवस्थामै अलपत्र परेको झोलुङ्गे पुल सूचारु गर्न पहल गरेको जनाइएको छ ।
संघीय सरकारको क्रमागत बजेटबाट निर्माण सुरु गरेपनी ६० प्रतिशत काम गरेको अवस्थामा अलपत्र परेको थियो ।अलपत्र परेको झोलुङ्गे पुल नबनिएपछी स्थानीय युवाले `सांसद, नगरप्रमुख, वडाध्यक्ष हराएको सूचना´ प्ले कार्डसहितको सार्वजनिक गरेका थिए । सोही बिषयमाथि मेचीनगर-१५ का अध्यक्ष गुणराज भट्टराईले बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरी झोलुङ्गे पुल लगायतका बिषयमा स्पष्ट पारेका छन् । ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुलको चालु आर्थिक बर्षमा बजेट बिनियोजन नभएका कारण निर्माण रोकिएको वडा भट्टराईले बताए।
जीर्ण भएको हडिया पुलको अवलोकन गर्न सांसद शर्माले माघ १२ गते नै सहरी विकास मन्त्री सीता गुरुङलाई नै लिएर अनुगमन गराएको समेत पत्रकारसमक्ष जानकारी गराएका थिए । अनुगमनका क्रममा वडाअध्यक्ष भट्टराईले सांसद शर्माले वडाको विकास निर्माणका काममा गम्भिर चासो दिएको र चाडै निकास दिन मन्त्रालयबाटै सुनुवाइ गरिने मन्त्री गुरुङले प्रतिबद्धता जाहेर गरेकोसमेत जानकारी दिए ।
सो क्रममा सांसद शर्माले सोहि निर्माणाधीन पुलबाटै ठेकेदारलाई पुलको निर्माण सुचारू गर्न निर्देशन दिएका थिए । तर, ठेकेदारले प्राबिधिक समस्या देखाएर सूचारु गर्न समय लगाएकाले अन्य थुप्रै विकास निर्माणको काममा समेत संघीय सांसद र नगरप्रमुखले चासो दिइरहेको अवस्थामा युवाहरुले हराएको भनेर प्रचार गर्नु गलत भएको बताए ।गतवर्षदेखि निर्माण सुरु भएको मेचीनगर १५ को हेल्दुवाडी र बिचार्नी जोड्नेगरी निन्दा खोलामा झोलुङ्गे पुल निर्माण भए पनि केही प्राविधिक कारणले गर्दा अहिले निर्माणको काम रोकिएको वडा अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताए ।
३५० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ३८ लाखमा ठेक्का लागेकोमा पहिलो किस्ता बापत ७४ लाख रकम आएको र उक्त रकम निर्माण कम्पनीले भुक्तानी लगिसकेको अध्यक्ष भट्टराईले बताए । मन्त्री परिषदबाटै निर्णय गरेर भएपनि झोलुङ्गे पुल निर्माणका लागि बजेटको व्यवस्था गर्न संघीय सांसद शर्माले लागि परेको उनको भनाई थियो । पत्रकार सम्मेलनमा स्थानीय ठाँउका उद्योगमा कार्यरत कामदारको समस्या, सूचना लगायतका बिषयमा सचेत गराएका थिए । निर्माणाधीन अवस्थामा चर्किएको बिषयमा प्राविधिकको सल्लाहमा सुधार गर्न लगाउने अध्यक्ष प्रष्टाैैति थियो ।























































