झापा । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो।
भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। नयाँ मूल्य सूची आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।






















































