मेचीनगर । कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईले २।४ दिनभित्र कोशी सरकारले पूर्णता पाउने बताएका छन् । उनले पहिचानवादीहरुको मागलाई सम्बोधन गर्न पनि कोशी सरकारले संवादका लागि वार्ता समिति समेत बनाएको बताए । IMG_20240203_214022शनिबार झापाको चारआलीमा शेर्पा, तामाङ, गुरुङ र मगर) ले संयुक्त रुपमा आयोजना गरेको ल्होछार पर्वमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राईले उक्त कुरा बताएका हुन् ।

उनले आफ्नो जातीय भाषा, पर्व र संस्कृतलाई जीवन्तकालसम्म पहिचान राख्नसके सान्दर्भिक हुने बताएका छन् । उनले कोशी नाममा विवाद गर्न भन्दा जातीय पहिचानलाई दह्रो बनाउदै राम्रो हुने उनको भनाई थियो। 

मन्त्री राईले कोशी नामकरणको मुद्वालाई भन्दा जातीय भाषा, पर्व र संस्कृतलाई जीवन्तकालसम्म पहिचान राख्न आफु लागिपरेको दावी गरे ।

कार्यक्रममा कोशी प्रदेशका सांसदद्वय सबिना बजगाई र गोपाल तामाङ, मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए । ल्होछार पर्वको अवसरमा सेलो कलाकार आस्मा लोप्चनले जातीय समूहका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै शेर्पा, तामाङ, गुरुङ र मगर जातिका विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो । कलाकार एवम् नित्य प्रशिक्षक केसाङ लामाको समूहले आकर्षक नित्यहरु प्रस्तुत गरेका थिए । फुर्वा लामाको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन सोनम तामाङले गरेका थिए ।