चारआली । पछिल्लो समयमा ब्यस्त पारिवारिक जीवनलाई सहज बनाउन बालबालिकालाई सानैदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न मन्टेश्वरी स्कुल खुल्ने क्रम बढेको छ । योग्यता र तालिमप्राप्त शिक्षक-शिक्षिका, मनोरम-शान्त वातावरण, सरसफाई, खाजा-खाना खुवाउँने ब्यवस्था र नानीबाबुको मनोस्थिती बुझेर शिक्षा शुभारम्भ गराउँने भएपछि पछिल्लो समयमा मन्टेश्वरी स्कुलप्रतीको क्रेज पनि बढेको हो ।
टाढाको स्कुलमा धाउँन बाध्य बनेका स्थानीय अभिभावक पनि आफ्नै ठाउँमा मन्टेश्वरी स्कुल संचालनमा आउँदा आफ्ना नानीबाबुलाई मन्टेश्वरीमा पढ्न पठाउन तम्तयार हुन्छन् । मेचीनगरमा मात्रै एक दर्जनबढी मन्टेश्वरी स्कुल सन्चालनमा रहेका छन् ।
बालबालिकाको स्वभाव र मनोबिज्ञान बुझेंर राम्रो शिक्षा र संस्कार प्रदान गर्न झापाको मेचीनगर-१२ स्थित धाइजनमा `जिनियस किड्स मन्टेश्वरी एण्ड चाइल्ड केयर होम नामको मन्टेश्वरी स्कुल संचालनमा आएको छ । मन्टेश्वरीका लागि हल र कक्षसहित खेल स्थल तयारीपछि बुधबार बिधिवत रुपमा उद्घाटन सुरु संचालनमा आएको हो ।
वैदेशिक रोजगारीका क्रममा कोरियामा १० वर्ष बसेर नेपाल फर्केपछि शिक्षाको क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थानीय पन्चकुमार र दुर्गा लिङ्देन लावतीले मन्टेश्वरी स्कुल संचालनमा ल्याएको हो ।
मेचीनगर-१२ का वडासदस्य मनोज खरेलको प्रमुख अतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बिशेष अतिथि प्रेम नेम्बाङ, प्रेमबहादुर श्रेष्ठ, पदमबहादुर सुनुवा, ज्ञानबहादुर लामा, सपना ओडारी प्रसाई, लक्ष्मी बराइलीलगायतले बोलेका थिए ।
पन्चकुमार लावती अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा लिङ्देन लावतीले स्वागत र सन्चारकर्मी भुमिका लिम्बुले संचालन गरेकी थिइन् । स्कुल फागुन २ गतेदेखि सुरु हुने संचालक लावतीले बताए ।























































