चारआली । जनयुद्ध दिवसको पुर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ मा ४० बुदे माग राखेर जनयुद्ध सुरु गरेको उपलक्ष्यमा सोमबारसाँझ दीप प्रज्वलन गरेका हुन् ।

झापाको बिर्तामोड,काँकरभिट्टा, दमक र चारआलीमा सोमबार साँझ नेपालको नक्सामा दीप प्रज्वलन गरेका हुन्। चारआलीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश अध्यक्ष प्रेमप्रसाद पराजुलीले माओवादीको जनयुद्धपछि देशमा आमूल परिवर्तनको सम्भावना बढेर गएको र जनताको न्यायोचित माग पूरा हुने क्रममा रहेको बताए ।
कार्यक्रममा मेचीनगरका अध्यक्ष राजन चिमरियाले देशको भौगोलिक संरचनाको अवस्था परिवर्तनसँगै जनताले सार्वभौम, स्वतन्त्र अधिकार पाएको बताए ।
उनले जनयुद्ध र २०६२/०६३ को जनाआन्दोलन माओवादीले नै सफल बनाएकाले अब देशको आमूल परिवर्तन पनि माओवादीले नै गर्ने बताए । मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बालगायतले सम्बोधन गरेका थिए ।
मेचीनगर-१०, ११ १२, १३ र १४ का पार्टी इन्चार्ज, अध्यक्ष, सचीव एबम् जिल्ला सदस्य लगायतको सहभागीता रहेको थियो । कार्यक्रम चन्द्र बर्देवाले संचालन गरेका थिए ।