मेचीनगर । जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि क्रिकेट खेलाडी टिमलाई मेचीनगर नगरपालिकाले शुभकामनासहित बिदाई गरेको छ ।
नगरपालिकाद्वारा बिहिवार आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित जनप्रतिनिधिले खेलाडीको टोलीले बिदाई गरेको हो ।
जिल्लास्तरीय अन्तरपालिका क्रिकेट प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकामा हुने छ । उक्त प्रतियोगितामा अभ्यास तिम्सिनाको कप्तानी, लाक्पा लामाको कोच तथा बरदान खड्का म्यानेजर रहेको मेचीनगरकाे टिमलाई जर्सी प्रदान गर्दै जीतको शुभकामनासहित बिदाई गरेको छ ।
मेचीनगरकाे क्रिकेट टीमले आयोजक बुद्धशान्ति गाँउपालिकासंग प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।
विदाई कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै उपप्रमुख मीना पोख्रेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, सामाजिक विकास संयोजक हृदय राजवंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल नगर खेलकुद विकास समिति सदस्य मानबहादुर तामाङलगायतको सहभागीता रहेको थियो ।
















































