मेचीनगर । मन्दिरको पुर्वधार निर्माण नहुँदा ओझेलमा परेको झापाको मेचीनगरको धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि मेचीनगरले चासो दिएको छ । मेचीनगर ५ र ८ स्थित घैलाडुब्बा शिवालय मन्दिरको स्तरोन्नतीका लागि नगरपालिकाले चासो दिएको हो ।
बिगतमा स्थानीय तहका जनप्रतिनिधिले चासो नदिएकै कारण धार्मिक एबम् ऐतिहासिक क्षेत्रको विकास नहुँदा आन्तरिक पर्यटनको सम्भावना कमी आएको छ । धार्मिक एबम् ऐतिहासिक क्षेत्र बिगत लामो समयदेखि ओझेलमा पर्दा त्यसको संरचना जीर्ण बन्दै गएको छ ।
उक्त मन्दिरको स्तरबृद्धी गर्दै धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा आकर्षक गर्न स्थानीय सरकार मेची नगरपालिका लागि परेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । मन्दिरको चौतर्फी बिकास गर्नका लागि नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको जनप्रतिनिधिको टोली अगुगमनमा पुगेको थियो ।
मेचीनगरको पहिचानको रूपमा रहेको यस मन्दिरलाई स्तरबृद्धी गर्दै आवश्यक मर्मतसम्भार गर्न सके यसले समग्र मेचीनगरको आर्थिक विकासमा यसले टेवा पुर्याउने नगरप्रमुख बुढाथोकी बताए । उनले उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटनसंग जोडेर नगरको आम्दानीको स्रोतको रूपमा बिकास गर्ने योजना अघि सारेको मेयर बुढाथोकीको भनाई छ ।
पुर्वकै विरासत बोकेको उक्त ऐतिहासिक क्षेत्रलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय गरेर अघि बढ्ने उपप्रमुख मिना पोख्रेल उप्रेतीले बताइन् ।
अनुगमनमा नगर प्रमुख, उपप्रमुख, पुरातात्त्विक विभागकाे उपसचिवसहितको टोली, मेचीनगर-५ का वडाध्यक्ष कनक कार्की, वडा नम्बर-८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर सामाजिक विकास संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशी, मेचीनगर पुर्वाधार विकास संयोजक तथा कार्यपालिका सदस्य चित्र धिमाल, न्यायिक समिति सदस्य तथा मेचीनगर-८ का वडासदस्य कुन्दन निरौला मन्दिर व्यवस्थापन समिति अध्यक्ष चन्द्र कोइराला, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष सामाजिक अभियान्ता गणेश खरेललगायतको सहभागिता रहेको थियो ।