चारआली । झापाको मेचीनगर-१२ सहरेडाँगीमा अवस्थित युनिक अङ्ग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ ।Messenger_creation_66c34d84-46ca-4e43-b2b1-9e21545833bdकार्यक्रममा स्थानीय संघ-संस्थाबीच हाजिरीजवाफ प्रतियोगिता, अभिभावक, शिक्षकहरुबीच खेल प्रतियोगगिता तथा नि:शुल्क नयाँ विद्यार्थी भर्ना र अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको हो । अभिभावक दम्पतीको फोटो खिच्ने, पूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा धर्म र संस्कृति सम्बन्धमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई विद्यालयका सह-प्रधानाध्यापक मोहन लिम्बू र शिक्षक वेदनिधि रिमालले खादा र अबिरले सम्मान गरेका थिए ।Messenger_creation_9724a38e-d3b3-46f9-bbc9-5f326137ca05स्थानीय १३ वटा संघ-संस्थाको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफललाई विद्यालयका संस्थापक एवं प्रधानाध्यापक बिष्णुप्रसाद रिमालले नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गरेका थिए  ।IMG_20240217_190821प्रतियोगिताको सहजीकरण शिक्षक विष्णुप्रसाद दहालले गरेका थिए भने सहजकर्ताको रुपमा टीका नेपाल, अशोक खरेल, राजु घिमिरे र सुमित खड्काले गरेको प्रधानाद,रिमालले बताए ।