झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा इलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्वरको पल्सर मोटरसाइकल चालक मेचीनगर-५ घैलाडुब्बाका २८ बर्षिय मनिष राईलाई पक्राउ गरेको हो ।
राईलाई शंका लागेर चेकजाँच गर्दा वाँया काखी मुनि सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई राखेको खैरो हेरोइन ३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित नियन्त्रण गरिएका राई र मोटरसाईकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






















































