मेचीनगर । मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउने उद्देश्यले झापाको मेचीनगर-१० मा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) हुने भएको छ ।

धुलाबारी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन १७ र १८ गते मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले  जानकारी दिए ।IMG_20240222_084259उनका अनुसार विद्यार्थीको सहभागीताको आधारमा कोशी प्रदेशमै `आर्किटेक्चर डिजाइन´ बिषयमा पहिलो हुनेछ । 

झापाका सबै सामुदायिक र निजी बिद्यालयमा अध्ययरत प्राबिधिक बिषयमा चासो राख्ने विद्यार्थीका लागि पहिलो पटक इन्जिनियरिङहरुको एक्जिवेशन हुन लागिरहेको मैनाली बताए ।

प्रदर्शनीले मेचीनगरमै प्राबिधिक शिक्षा क्षेत्रमा ठुलो महत्व राख्ने दावी गरे । यसका लागि यहाँका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रत्यक्ष अवलोकनका लागि इन्स्टिच्युटले पत्रचार गर्ने जनाएको छ ।IMG_20240222_084759इन्स्टिच्युटमा करिव १२५ जना आर्किटेक्चर, आईटी र सिभिल इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुले विभिन्न विषयमा १० वटा समूह बनाएर प्रदर्शनी गर्ने मैनालीले जानकारी दिए ।

विधागत सामाग्री सिर्जना गरी यस क्षेत्रमा उपयोग हुने इन्जिनियरिङ तथा सूचना प्रविधिका आधार निर्माण गर्न, परियोजनाको डिजाइन, विकासमा प्राविधिक प्रस्तुतीकरण, सहयोग र टोल निर्माणमा कौशलता देखाइ यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन विद्यार्थीहरुलाई यो प्रदर्शनी उपयोगी हुने इन्स्टिच्युटका प्रशासन प्रमुख पुष्पराज पौडेलले बताए ।

युवाहरुलाई विदेश जानबाट रोक्न र आफ्नै देश र क्षेत्रमा प्राविधिक विषयमा दक्ष बनाई रोजगारी दिलाउन समाजमा चेतनामुलक कार्यहरु गर्दै आएको पौडेलको भनाई छ । सोही अवसरमा आर्किटेक्चरमा डिग्री गरेका पहिलो व्याचका ३८ जना इन्जिनियरहरुलाई विदाइसमेत गरिने उनले बताए ।IMG_20240222_084135सिभिल इन्जिनियर सागर बुढाथोकीले विद्यार्थीहरुले यहाँका उद्योगहरुमा हुने पोलुसन रोक्न नयाँ मोडलहरु तयारी गरिरहेको बताए ।

उनले यातायातका सवारी साधानबाट हुने सडकजाम लगायतका विषयमा पनि कसरी सहज बनाउन सकिने यस्ता विषयमा विद्यार्थीहरुले अध्यायन गरिरहेको दावी गरे ।

आर्किटेक्ट इन्जिनियर कमल नेपालीले स्मार्ट सिटी कसरी बनाउन सकिन्छ, त्यसको तयारी भइरहेको बताए । अर्का इलेक्ट्रिकल इन्जिनियर सुरेश निरौलाले प्राविधिक क्षेत्रका विषयमा स्थानीयस्तरमा बुझाउन जरुरी रहेको बताए ।

कक्षा ९ र १० का विद्यार्थीहरुलाई भविश्यमा प्राविधिक विषयमा ज्ञान होस् भन्ने उदेश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल मैनालीले बताए ।