बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई ब्यवसायिक `हब´ का रुपमा विकास गर्ने योजना अघि सारेका छन् । जसका लागि बिर्तामोडको औद्योगिक तथा व्यवसायिक क्षेत्रको ‘रोड म्याप’ मार्गचित्र तयार गरी सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयनमा ल्याइने भएको छ । 

बिर्तामोड औद्योगित करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागि परेको बताएका न्यौपानेले बिर्तामोडका व्यवसायीमाथि भएको अनियन्त्रित कर वृद्धिलाई तथा दोहोरो करका कारण व्यवसायिमा देखिएको समस्याहरुको समाधान गरिने बताए । उनले बिर्तामोड बजार क्षेत्रमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने र बजार क्षेत्रमा सार्बजनिक शौचालय निर्माणका लागि व्यवस्थित भौतिक संरचना निर्माण गर्दै फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने बताएका छन् । 

बिर्तामोड बजारका दिनानुदिन बढ्दै गएकाले रात्रिकालिन बजार सञ्चालनमा ल्याउन जोड दिँदै त्यसका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने र रात्रि कालिन बजारलाई आर्कषक बनाउन स्टेट फुड स्टलहरुको व्यवस्थाापनमा जुट्ने उनको भनाई छ ।