झापा । उर्जाको बड्दो प्रयोगले पर्यावरणमा कार्वनडाइअक्साड बड्दा बिश्वका बिकासित रास्ट्रसँगै नेपाल पनि संकटमा पर्ने अवस्थामा रहेको सम्बन्धित बिज्ञले सुझाव दिएका छ्न् । बताइएको छ । मेची नगरपालिकाले झापाको काकँरभिट्टामा आयोजना पर्यावरण संरक्षण तथा कृषिमा देखिएका समस्या र समाधान बिषयक अन्तक्रिया कार्यक्रमका सहजकर्ता अन्तरास्ट्रिय पर्यावरण बिज्ञ एमब् बैज्ञानिक सागर धाराले उक्त कुरा बताएका हुन् ।

उनले उर्जाको प्रयोग बढेसँगै बिश्वका धेरै देशहरुमा जलबायु र हावापानी परिवर्तनको समस्या बेहोर्नुपरेको समेत  बताए । नेपालले पनि भबिस्यमा पर्यावरणीय असरको सामना गर्नुपर्ने परिस्थिति बनेको औंल्याएका थिए । जसको निराकरणका लागि इन्धनको रुपमा प्रयोग गरिंदै आएको पेट्रोलियम पदार्थ, ग्यास र कोइलाको प्रयोगलाई न्यूनीकरण गरी हरित पर्यावरणलाई प्रोत्साहन गर्न सुझाव दिएका थिए । उनले हरित पर्यावरण निर्माणसँगै बढ्दो कार्वनडाइ अक्बसाइड उत्पादन गर्ने उर्जाको प्रयोग अन्त्य गरी विद्युतीय प्रयोगलाई बढाई संभावित  जोखिमलाई टार्न सकिने बताए ।

एसियाका देशहरु नेपाल, भुटान, बंलादेश, पाकिस्तान, श्रीलंका  र माल्दिप्स उर्जा संकटको चरम अवस्थामा परेको छ । उनले भने,`विकसित ६ वटा रास्ट्रहरुले संकटको सामना गर्दै आएका छ्न् । चीन, अमेरिका, युरोपेली युनियन,  भारत, रुसिया, जापानले संसारमा ७० प्रतिशत उर्जा खपत गरेको छ्न् ।´
उर्जाको बड्दो प्रयोगले पर्यावरणमा कार्वनडाइ अक्साइड पनि बढी हुने त्यसको असरले जलवायु परिवर्तनसमेतको खटरा बढेको उनको भनाई थियो । जलवायु परिवर्तन भई ओजनतहमा ३ प्रतिशतसम्म तापक्रम बढेको बिज्ञ धारालेको भनाई थियो  । उनका अनुसार उक्त तापक्रम बढेर ४ देखि ५ प्रतिशत वृद्धि हुँदै गयो भने भबिश्यमा पर्यावरण बिग्रदै जलवायु परिवर्तन हुने र जीवजन्तु, मानवको स्वास्थ्यमा ठुलो समस्या निम्तिदै नष्ट हुने खतरासमेत बढेको उल्लेख गरे ।

त्यसको असर संसारका प्रायः देशका नागरिकमा किड्नी रोगी बडेको तथ्यांक पाइएको उनको भनाई थियो । कुनै एउटा अमुख देशले उर्जा प्रयोगमा रोक लगाउँदा मात्रै पनि समाधान हुँदैन,धाराले भने,`उर्जा प्रयोगपछि उडेर जाने कार्वनडाइ अक्साइडलाई देशदेशको सिमानाले रोक्न सक्दैन । एउटा देशबाट बगेर जाने खोला-नालाको पानी र हावा अर्को देशमा पुग्ने गरेकाले पनि समस्या समाधान हुँदैन । विकसित तथा ठुला देशसँग छिमेकी देशको रुपमा रहेका नेपालसहित ५० वटा बढी देशको समस्या नै बिकसित देश प्रमुख कारक बन्दै आएको प्रक्षेपणले देखाएको छ । 

राज्यबाटै प्रक्रिया अघि बढाएर खराब- नराम्रो काम गर्नेलाई करको दायरा बढाउने र राम्रो काम गर्नेलाई छुट वा प्रोत्साहन दिने नीतिनिर्माण गरेमात्रै सम्बन्धित देशले पर्यावरणको जोखिमको सरल रुपमा सामना गर्न सक्ने बिज्ञ धाराको भनाई थियो । उर्जा प्रयोग नगर्ने किसानको मात्रै पर्यावरण बचाउन मुख्य भुमिका रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा मेचीनगरका मेयर गोपाल बुढाथोकीको अध्यक गोपालन्द्र बुढाथोकी अध्यक्षतामा सप्पन्न कार्यक्रमको  सन्चालन
प्राकृतिम मानव केन्द्रित जागरण अभियानका धर्म आचार्यले गरेका थिए भने सहभागिको जिज्ञासामाथि सहजिकण गरेका थिए ।