बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनमा व्यावसायीको लोकतान्त्रिक व्यावसायिक समूह र स्वतन्त्र व्यवसायिक प्यानलबीच नयाँ नेतृत्वका लागि प्रतिष्पर्धा भएको थियो ।
नेपाली काङ्ग्रेसमा आस्था राख्ने ब्यवसायीसँग एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, रास्वपामा आस्था राख्ने ब्यवसायीहरु नेतृत्वकै लागि प्रतिस्पर्धामा उत्रेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघमा सम्पन्न मतदानमा पाँच हजार ६ सय ६१ र १२ जना पूर्वअध्यक्षहरु मतदाता रहेकामा ४ हजार ९५ मत खसेको छ । यो कूल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो ।
लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट अध्यक्षमा राजु न्यौपाने र स्वतन्त्र व्यवसायिक प्यानलकातर्फबाट अर्जुनकुमार मैनालीको नेतृत्वमा छुट्टाछुट्टै समूह प्रतिष्पर्धामा उत्रिएका थिए ।
बिहान ८ बजेबाट मतदान शुरु भएको थियो । लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले प्रतिष्पर्धामा भाग लिएका छन् ।
त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ता मैदानमा छन् ।
यता स्वतन्त्र व्यवसायिक गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल प्रतिष्पर्धामा रहेका छन् ।
त्यस्तै, उद्योग सचिवमा बिसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी मैदानमा छन् ।
खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेती छन् ।
यसैबीच व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा प्रतिष्पर्धामा रहेका छन् । स्वतन्त्रबाट प्रतिष्पर्धामा रहेका राई एक मात्र प्रतिष्पर्धी हुन् ।























































