मेचीनगर । झापाको मेचीनगरमा फागुन २० गतेदेखि ३३ हजार बालबालिकालाई दादुरा-रूवेला खाेप लगाउने अभियान संचालन गरिने बताइएकाे छ । नगरकाे स्वास्थ्य शाखाले आयोजना गरेकाे दादुरा-रूवेला खाेप मेचीनगरमा सुरू गरिने भएको हाे ।

मेचीनगरका ९ महिनादेखि १५ वर्ष सम्मका  बालबालिकालाई उक्त खाेप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापाकाेटाले  बताइन् । फागुन २० गतेदेखि सुरू खाेप २९ गतेसम्म अभियान सञ्चालन हुनेछ भने खाेप लगाउन छुटेकाहरूलाई फागुन ३० गते स्वास्थ्य केन्द्रमा लगाइने उनले बताइन् ।

नगरका स्वास्थ्य केन्द्र र स्कुलसहित १०६ वटा केन्द्रबाट खाेप लगाइने जनाएकाे छ । २०२६ सम्ममा नेपाललाई पूर्णरूपमा खाेप लगाइसकिने बताएकाे छ । नेपालमा ५२ प्रतिशतले पूर्णखाेप लगाएकाे, १६ प्रतिशतले आंशिक लगाएकाे, २८ प्रतिशतले लगाएकाे तर, तथ्याङ्क नभएको र ४ प्रतिशतले खाेप नलगाएकाे पाइएकाे छ ।

मेचीनगरमा गत वर्ष २०८९/८० मा २ वर्ष मुनिका १०६ प्रतिशत बच्चाहरूले नियमित दादुरा- रूवेला खाेप लगाएकाे स्वास्थ्य शाखाले बताएकाे छ । मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ भण्डारीले स्वास्थ्य नागरिक भए मात्र देश स्वास्थ्य हुने भएकोले राष्ट्रिय अभियानलाई सफल पार्न सबै लागि पर्न अनुरोध गरे ।

त्यसबेला झापामा मेचीनगर तेस्राे भएकाे थियाे । बुद्वशान्ति गाउँपालिकाका १२६ प्रतिशतले उक्त खाेप लगाएर  पहिलाे भएको थियाे भने बिर्तामोड नगरपालिकाका १२५ प्रतिशत बच्चाले खाेप लगाएका थिए ।