बिर्तामोड । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सहिदले अपेक्षा गरेको उद्देश्यबाट बिचल्लीत नहुन सबैलाई आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ का प्रमुख अतिथि मन्त्री कार्कीले संघीय लोकतान्त्रिक ब्यवस्था आएपनी ब्यवस्था अनुसार  जनताले सुशासन र खुसी नपाएको भन्दै बिचल्ली नहुन आग्रह गरेका हुन् ।IMG_20240304_132216

सहिदहरुले गरेको बलिदानी र सपना पूरा नभएको, देशमा शिक्षा, स्वास्थ्य, युवा रोजगारका क्षेत्रमा नीतिगत बिषय कार्यान्वयन हुने क्रममा रहेको मन्त्री कार्कीको भनाई थियो ।

प्रदेश सरकारले सहिद तथा वेपत्ता परिवारलाई १ लाख दिने भनी गरिएको निर्णय सहि नभएको उल्लेख गर्दै मन्त्री कार्कीले भने,` एउटै घर परिवारमा ३-४ जनासम्म सहिद तथा वेपत्ता भएको तथ्यांक छ । त्यस्तो परिवारभित्रको पीडालाई उक्त रकमले सम्बोधन गर्दैन ।´ त्यसैले जति दिने हो प्रतीब्यक्तीको रुपमा सम्बोधन गर्नु नै न्यायीक हुन्छ-उनले भने ।IMG_20240304_132234

कार्यक्रममा पुर्वकृषि मन्त्री झलकसिंह दर्लामी, सहिद परिवारका रत्न घिमिरे, लालसुन्दर राई, एकीकृत समाजबादीका वेदराज रेग्मी, माओवादी बिप्लप पार्टीका सुमन सि लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले सहिद तथा वेपत्ता परिवारको समस्या र गुनासोका बिषयमा मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए ।

निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बस्नेतले गरेका थिए ।


`सुखानी सन्देश´ विशेषाङ्क सार्वजनिक


सुखानी सन्देश साप्ताहिकको विशेषांक सार्वजनिक गरिएको छ ।IMG_20240304_174913

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सोमबार बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ का बीच सुखानी सन्देशको विशेषाङ्क सार्वजनिक  हो ।सुखानी दिवस अर्थात् फागुन २१ लाई लक्षित गरी तयार पारिएको सुखानी सन्देशमा झापा विद्रोहका विषयमा लेखिएको छ । तत्कालीन झापा विद्रोहको अवस्थालाई समेटेर विशेषांक तयार पारिएको सम्पादक राजु पाठकले जानकारी दिए । इतिहासलाई साक्षात्कार गराएर जीवन्तता प्रदान गर्ने काम भएको उनको भनाइ छ ।IMG_20240304_170602

मुहार पृष्ठमा ‘झापा विद्रोह, सपना अधुरै’ लेखिएको विशेषांकमा कम्युनिष्ट नेताहरु सीपी मैनाली, आरके मैनाली, केपी ओली, नरेश खरेल लगायतले तत्कालीन झापा विद्रोहको अवस्थालाई शब्दमा उल्लेख गरे । त्यस्तै, विशेषांकमा झापा विद्रोहमा होमिएका योद्धाहरुको कथा–व्यथालाई तारिएको छ । अग्रज पत्रकार मोहन काजीको खोजमूलक खेलले विशेषांकलाई अझ पठनीय बनाएको छ ।