झापा । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमका बक्ताले नेपालमा `समावेशीता´ र त्यसको कार्यान्वयमा समस्या आएको  औंल्याएका छन् । समावेशी र त्यसमा प्रतिनिधित्व गर्ने बिषयमा समस्या आएको पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रमका बक्ताहरुले औंल्याएका हुन् । प्रेस क्लब मेचीनगरले शुक्रबार आयोजित आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।IMG_20240308_092330उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चार लगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए ।

सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सो अवसरमा बताइयो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको बताइएको छ ।IMG_20240308_092343पत्रकार सन्ताेष आचार्य, शिक्षक तथा सञ्चारकर्मी रुमा राजवंशी र लेखक मणिकुमार लिम्बूले पुस्तकमाथि परिचर्चा गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य माेहन काजी, अग्रज पत्रकार राजेन्द्र गाैतम, लेखक निराेज कट्टेल, लेखक दामाेद्वर ढुँगेल, पत्रकार पर्वत पाेतेल, झुलन रेग्मी, शिक्षक तथा सञ्चारकर्मी विश्व थापा, मुकुन्द शिवाकाेटी, शिशिर चाैलागाई लगायतको आतिथ्य रहेकाे थियो ।

पत्रकार राजेन्द्र गाैतम, लेखक निराेज कट्टेल, शिक्षक दामाेदर ढुंगेल, पत्रकार पर्वत पाेतेल, नवराज सुबेदी,पत्रकार माेहन काजी, शिशिर चाैंलागाई लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।IMG_20240308_092352सापकोटाको पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमुलक विषय समेटिएको छ । क्लबका सचिव देबु वानियाले सञ्चालन गरेकाे कार्यक्रमकाे स्वागत मन्तव्य उपाध्यक्ष जिआर धितालले गरेका थिए ।