कैलाली । कैलालीमा एक ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
ट्रकमा लाइटरसहित खुर्सानी तथा डाइपरलगायतका सामग्री थियो । दिउँसो ३ बजे बर्दगोरिया गाउँपालिका ४ मा ट्रकमा आगलागी भएको हो ।
लाइटरकै कारण आगो लागेको प्रहरीको अनुमान छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ भने ट्रक जलेर नष्ट भएको छ ।
केही दिन अगाडि कर्णाली नदीको पुलमा लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।






















































