काकर्भिट्टा । इलाका प्रहरी कार्यालय काँकर्भिट्टाले प्रहरी कल्याण कोषमार्फत उपलब्ध गराएको चार चक्के स्कुटर सोमबार एक कार्यक्रमबीच २ जना घाइते प्रहरीलाई बितरण गरेको छ ।
विभिन्न समयमा घाइते भएका झापा शिवसताक्षीका प्रहरी टेकबहादुर सामसुहाङ र मोरङका शिबनारायण महतोलाई भन्सार छुटमा ल्याएको स्कुटर बितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुँवर खापुङले प्रतीगोटा १ लाख ६० हजार मुल्य पर्ने चार चक्के स्कुटरको चाबी र ब्लु-बुक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, झापाका प्रहरी उपरीक्षक मिलन केशीले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले गरेका थिए ।
कार्यक्रममा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरे, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको सहभागीता रहेको थियो ।






















































