मेचीनगर । नेपाल भेनियर उत्पादक संघले ब्यवसायिक हितका ३ बुदे ध्यानाकर्षणसहितको माग पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । संघले भेनियर उद्योगबाट उत्पादित कोर भेनियर (भेनियर पाता) भारत निकासी कर ६ रुपैयाँ तिर्दै आएकोमा प्रतिकिलो ३ रुपैयाँ लागु गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको मंगलबार मेची उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

भेनियर उत्पादकबाट भारत निकासी गर्दा  प्रतीकिलो २० रुपैयाँ कर लगाउन  भनी प्लाईउड उद्योगले  सरकारमा गरेको डेलिगेशनप्रती चिन्ता व्यक्त गरेका थिए ।IMG_20240319_145700नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेले भेनियर पाता भारत निकासी  गर्दा प्लाईउड र भेनियरलाई विभेद गरेको बताए । उनले उद्योगले उत्पादन गरेका कच्चा पदार्थ भारत निकासी गर्दा निशुल्क दिने, ६ प्रतिशत अनुदान पनि दिने सरकारले भेनियर उत्पादकको त्यहीँ वस्तु निकासी गर्दा प्रतिकिलो ६ रुपैयाँ कर लिने सरकारको बिभेदपुर्ण नीति भएको बताए ।

आर्थिक मन्दीले झापाको ४ वटा भेनियर उद्योग पलायन भएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले भने, `यो अवस्थामा सरकारले सुबिधा दिएर ब्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा निकासी कर बढाउने कुराले सबै ब्यवसायीहरु चिन्तित छन् ।´

पहाड क्षेत्रबाट नेपालमा कम प्रयोग आएको उत्तिस, मलातो, मौवा, कदम, पिठारी लगायतका छिट्टै सढेर जाने कमसल प्रजातिका काठहरुलाई कच्चा पदार्थका रुपमा प्रशोधन गरेर भेनियर पाता भारत निकासी गर्दै आएको छ ।

भेनियरवलाले उत्पादन गरेको प्रशोधित पाता प्लाइउड उद्योगले २० प्रतिशत मात्रै लिने गरेको र अन्य ८० प्रतिशत भारत निकासी गर्दै आएको, भारतीय रकम नेपाल भित्र्याएको, सरकारलाई राजस्व तिर्दै रोजगारी सृजना गरेकाले भेनियर उत्पादकलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष पाण्डेले भनाई थियो ।

उत्पादनको परिणामअनुसार पाता बिक्री नहुँदा भेनियर उद्योगहरु संकटमा पर्दैआएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले बताए ।

उनले राज्य र प्लाईउड उद्योगका कारण भेनियन उद्यागीहरु मरमा परेको दावी गरे । उनका अनुसार यो विभेदपूर्ण राज्यको नीति सच्याउनुपर्छ ।

भारत निकासी गर्दा दैनिक २ करोडको कारोवार रकम भित्र्याउदै आएको र राज्यलाई त्यति रकमको कारोवार हुँदा ४५ लाख रुपैयाँ कर तिरिरहेको अध्यक्ष पाण्डेको भनाई छ ।

८० हजारबढी मजदुरले रोजगारी गर्दैआएको वरिष्ठ उपाध्यक्ष श्याम न्यौपानेले बताए । 

वन पैदावर संघ इलामका अध्यक्ष रोहित खड्काले भेनियर पाता भारत निकासीमा सरकारले छुट दिनुपर्ने बताए । नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजिकरण महासचिव दिनेश शाक्यले गरेका थिए ।


यस्तो छ अवस्था:

भेनियर उत्पादकले उत्पादन गरेको पाता प्लाईउड उधोगले लिने गर्थे। तर, पछिल्लो समयमा प्लाईउड उधोग आफैले पाता उत्पादन गरेपछि देशभर संचालित भेनियर उत्पादकहरु संकटमा परेका हुन् ।

संकटमा परेका भेनियर उत्पादकहरुले बैकल्पिक माध्यम भारतका प्लाईउड उद्योगसँग समन्वय गरेर उत्पादित पाता निकासी गर्दै आएका छन् । त्यसरी निकासी गर्दा सुरुसुरुमा कर छुट नै थियो । २०७१ सालमा खिलराज रेग्मीको सरकार पालामा निकासीमा प्रतीकोलो ३ रुपैयाँ लागू गरेको थियो ।

त्यो बेला ५० पैसा मात्रै लागू हुनुपर्ने भन्दै ब्यवसायीहरु पटकपटक मागसहित आन्दोलित भएका थिए ।नेपालमा १५० वटा भेनियर उद्योग सञ्चालनमा छन् ।

अहिले अधिकांश प्लाईउड उद्योगहरुले आफै भेनियर पाता उत्पादन गर्न थालेपछि भेनियर ब्यवसायीले उत्पादन गरेको पाता खरिद २० प्रतिशत मात्रै गर्दै आएको भेनियर ब्यवसायीको आरोप छ । 

उत्पादन गरेका भेनियर पाता नेपालमा बिक्री हुन छाडेपछि भारत निकासी गर्न बाध्य भएको उनिहरुको तर्क छ ।