झापा । सीमा क्षेत्रमा मौलाएको आपराधिक घटना, पैठारी-निकासीका अबैध गतिविधि न्यूनीकरणका लागि सशस्त्र प्रहरी वलले बुधबारदेखि `सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान सुरु गरेको छ ।
सशस्त्र प्रहरी वलले त्यस क्षेत्रका गतिविधि, बासिन्दाको समस्या-गुनासो बुझ्दै न्यूनीकरणका लागि `सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान सुरु गरेको हो ।FB_IMG_1710919035725
मेचीनगर-७ सतिघट्टास्थित ९१/१ नम्बरको सीमा स्तम्भमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले अभियानको उद्घाटन गरेपछि यात्रा सुरु गरेको हो । झापा जिल्लासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी २०८० चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ । 
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमामा बासिन्दाहरु वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुको गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए । उनले सीमामा तैनाथ सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ खट्न निर्देशन समेत दिएका थिए ।FB_IMG_1710919032699
झापाको बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४ किलोमिटर लामो सीमा क्षेत्र हरेक दिन प्रतिकिलोमिटर दुरिमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ ।

कार्यक्रममा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमा क्षेत्रका बासिन्दासँग समस्या-गुनासोका बिषयमा अन्तरकृया गर्नेछ ।



सशस्त्र प्रहरीको नयाँ अभियान:
अभियानका क्रममा सीमाबासीलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राईले जानकारी दिए ।
उक्त सहयोग सशस्त्र प्रहरी बलको कल्याणकारी कोषबाट उपलब्ध गराइने बताइएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने आदिबासी, अल्पसंख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोगमा प्राथमिकता दिइने उनले बताए ।FB_IMG_1710919046996
सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक छात्रवृत्ति र दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ ।
सीमा लक्षित वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा ५ लाखदेखि १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको जनाइएको छ ।FB_IMG_1710919038689
झापाको सीमा जोडिएका २१ वटा वडा जोडिएका क्षेत्रममा सीमा सहजिकरण समिति गठन गरी अन्तरदेशीय मौलाएको अपराध र अबैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी वलले वास्तविक सीमा रक्षकको भूमिकामा प्रमुख हुने गणपति राईले बताए ।