गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित बिर्खेबस्तीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५५ बर्षीय निलकण्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ । रंगेथान बस्ने गरमलाल राजवंशीको तरकारी खेतीमा छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको जलेर मृत्यु भएको हो । घाइते भएका घिमिरेले समयमै उपचार नपाउँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजवंशीले जानकारी गराउनासाथ प्रहरी टोली खटिगई मृतक घिमिरेको शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घिमिरे हिजो साँझ ५ बजे घरबाट हिडेका थिए ।






















































