विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरुलाई निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
जिल्लाभरका इञ्चार्जहरुलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइसकेको उनको भनाई छ । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रङ्ग छ्याप्ने, जथाभाबी लोला हान्दा आपसी झैँ-झगडा गर्ने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन उनले आग्रह गरेका छन् ।
होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिलसमेत गरेको छ ।






















































