मेचीनगर । झापा नेशनल स्कुलले झापामा पहिलाे पटक विद्यार्थीका लागि राेविटिक्स एण्ड पाेडिङ ल्याव संचालन गर्ने भएको छन् ।
मेचीनगर-७, इटाभट्टाकाे झापा नेशनल स्कुलले उक्त ल्याज सञ्चालनमा ल्याउने स्कुलका प्रिन्सिपल कमल भेटवाल बताए ।
१० कठ्ठा जग्गामा सञ्चालित स्कुलमा पीजीदेखि कक्षा-१० सम्मका ६५० जना विद्यार्थी रहेकाे बताइएकाे छ ।
स्कुलले चैत २५ गतेदेखि फुटबल फ्रि क्याम्प गर्ने भएको मंगलबार स्कुलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रिन्सिपल कमल भेटवालले चैत २५ गतेदेखि ३० गतेसम्म काँकरभिट्टा मेची सामुदायिक हलमा अन्डर १४ का विद्यार्थीहरूकाे फुटबल क्याम्प हुने भएको जानकारी दिएका हुन् ।
त्यस्तै स्कुलले आगामी शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन एकाडेमिक लेवल जाच्न एएलआइ, पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गरिने र राेवेटिङ ग्याम्स एण्ड पाेडिङ ल्यावस् लगायतकाे माध्यामबाट पढाउने तयारी गरिएको उनले भेटवालले बताए ।
´एन्फाबाट सार्टिफिकेट भएकाबाट अन्डर-१४ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइनेछ`, भेटवालले भने- ´ विद्यार्थीहरूकाे क्षमता बढाउने उदेश्यले एएलआइ मार्फत एकाडेमिक लेवल मापन गरिनेछ । विद्यार्थीकाे एकवर्ष भित्र सय प्रतिशत लेवल बढाउने छाैँ । त्यस्तै, साना कक्षाका विद्यार्थीहरूलाई कितावकाे भारी नबाेकाउने गरि बुकलेश अनुसार पढाउने छाैँ । गतवर्षदेखि राेविटिक्स एण्ड पाेडिङ ल्याव समेत सञ्चालन भइरहेकाे छ ।` पत्रकार सम्मेलनकाे सहजीकरण स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेलले गरेका थिए ।






















































