बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक `श्रीराम कथा´ पारायण हुने भएको छ । श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले आगामी चैत २७ गतेबाट संगीतमय श्रीराम कथा पारायण गर्ने भएको हो ।FB_IMG_1712503642308राम नवमीको अवसरमा बिर्तामोडमा पहिलो पटक ९ दिने राम कथा पारायणको आयोजना गरिने भएको आयोजकले आइतबार पत्रकारसमक्ष जानकारी गराएका छन् । `श्रीरामको अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथा बाचक सुश्री संगिता किशोरी´ले कथा पारायण गर्ने तय भएको छ । 

मर्यादा पुरुषोत्तम रामको कथा पारायण दिवाकालिन र सन्ध्याकालिन भजन कार्यक्रम रहेको छ । सनातन हिन्दू धर्म ॐ कार परिवारलाई एकताको सुत्रमा बाध्ने उद्देश्य अनुसार समितिले श्रीराम कथा पारायणको आयोजना गर्न लागेको मुल आयोजक समितिका संयोजक बेदप्रकाश अग्रवालले जानकारी दिए । IMG_20240407_153721२०७१ सालमा स्थापना भएको समितिले नेपालमा बसोबास गर्दै आएका विभिन्न जातजाती, भाषा-संस्कृति र धर्मअनुरागीहरुलाई सनातन हिन्दू धर्म-संस्कृतिबारे जानकारी गराउन र त्यसको  संरक्षण गर्दै सबै धर्मालम्बीहरुबीच सद्भाव कायम गर्न समितिले कथा पारायण आयोजना गरेको श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरका संस्थापक अध्यक्ष उमेश डालमियाले जानकारी दिए । 

राम कथा सम्पन्न गर्न २५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको बताउदै अध्यक्ष डालमियाले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत जानकारी दिए । उक्त रकम आयोजक समिति तथा बिभिन्न सामाजिक संघ-संस्थाको स्वच्छिक सहयोगबाट संकलन भएको छ । FB_IMG_1712503648240झाँकीसहित आगामी चैत २७ गते बिहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरबाट अग्रसेन बालाजी मन्दिरसम्म कलससहित शोभा यात्रा कार्यक्रमपछि उद्घाटन गरिने समितिका संरक्षक भगवानदास अग्रवालले जानकारी दिए । सम्मेलनमा समितिका सचिव बाबुलाल अग्रवालले संचालन र सह-सचिव विजेन्द्र अग्रवालको सहजीकरणमा सम्पन्न भएकोे थियो ।