पोखरा । पोखरामा भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् ।
काठमाडौँबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको हो । घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । सूईखेतमा बस बिहान पौने ३ बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।
घाइते सात वर्षीय बालक निश्चल फगामीको दाहिने हाँत भाच्चिएको छ । उनको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचार भइरहेको छ ।
७२ वर्षीय घाइते नरबहादुर पुनको टाउकोमा गहिरो चोट लागेकाले जिएमसीको न्युरो बार्डमा उपचार भइरहेको छ । अर्का एक घाइतेको अवस्था सामान्य छ । घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी, तमानखोला वडा नम्बर ३ कै ६५ वर्षीया कृष्णकुमारी पुन रहेका छन् ।
वेनीमा उपचार, टेकबहादुर कार्की ६१ वर्ष बेनी ७, मंगलघाटका टेकबहादुर कार्की बेनीमा उपचाररत रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
बसका चालक बेनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक शर्माले बसका सहचालक २५ वर्षीय विनोद दर्जी पनि पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा छन् ।






















































