बुद्धशान्ति । झापाको बुद्धशान्ति प्रेस क्लबले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान  सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले उक्त भित्तेपात्रो बिमोचन गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, वडा नम्बर-१ का वडाध्यक्ष अनिल वाग्ले, ४ का वडाध्यक्ष शेरबहादुर राय, चन्द्रप्रसाद भण्डारी, प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल, बुधबारे जेसीजका पूर्व अध्यक्ष सिनेटर मुकेश भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थापक सचिव दिपेन लावतीले सञ्चालन गरेको कार्यक्रममा सदस्य दिपेन विकले स्वागत गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज भानु मगर, प्रेस क्लबका सल्लाहकार सदस्य गंगाराम गड्तौला, भुवन तामाङ, क्लबका पदाधिकारी, बुधबारे जेसीजका अध्यक्ष दुर्योधन देव सिंह, सेम्पल टेक्निकल इन्स्टीच्युडका सञ्चालक उमेश भट्टराई, वान टच प्रिन्ट सोलुसनका सञ्चालक विवेक खुलाल लगायतको उपस्थिति रहेको थियो ।