बिराटनगर । हिन्दु र मुस्लिम समुदायबीचको झडपमा यति बेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरू बीचको झडपले तनावग्रस्त भएको हो।

दुवै पक्षका युवाहरूले एक अर्कोबीच  ढुंगामुढासमेत प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।  थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यालय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।