तनहुँ । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका-६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरेको हो।
७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






















































