झापा । आज कतारका राजा नेपाल भ्रमणमा आउने भएका छन् । कतारका राजा अमिर शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणमा आउने भएपछि उनको स्वागतका लागि अन्तर्राष्ट्रिय बिमानस्थल र कार्यक्रमस्थल सजाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुस्पकमल दाहालले उनलाई बिहान स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
आज १८ औं लोकतन्त्र दिवस परेकाले सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदाकै दिन कतारका राजा अमिरका लागि उत्साहका साथ कतार र नेपाल सरकारबीच विभिन्न शीर्षकमा सम्झौता हुने बताइएको छ ।उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गत र खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने भएकाले कतारका राजाको भ्रमणले नेपाललाई फाइदा हुनेछ ।






















































