मेचीनगर । झापाको मेचीनगर स्वास्थ्य शाखाले राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको अभियानलाई सफल बनाउन वडास्तरीय कार्यक्रम सुरु गरेको छ । शाखाले नगरका १५ वटै वडामा आम औंषधि सेवन अभियान २०८०/०८१ लाई सफल बनाउन छलफल र अन्तरक्रियामा जुटेको हो ।
शाखाले बैशाख १६ गतेदेखि २९ सम्म हात्तीपाइले विरुद्धको औंषधी खुवाउन वडा, टोल, समुदाय, शैक्षिक संस्था, विभिन्न संघ-संस्थालाई जनचेतनामुलक अन्तरक्रिया गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख मिना उप्रेती पोख्रेलले सबैले आआफ्नो तर्फबाट लागि परेर हात्तीपाइले बिरुद्धको अभियान सफल बनाउन सहयोग गर्न आग्रह गरेकी थिइन् ।
वडाध्यक्ष प्रल्लादमणि ओलीको अध्यक्षतामा सम्पन्न `हात्ती पाइले रोग विरुद्धको औंषधी खाऔ, यो वर्षलाई अब अन्तिम बनाऔ´ नारासहितको अभियान मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सबिता साप्कोटाले हात्तीपाइलेको औंषधी सेवनको बारेमा सहजीकरण गरेकी थिइन् ।
हात्तीपाईले विरुद्धको औषधि वर्ष मुनिका बच्चाहरु, गर्भवती, सुत्केरी, किट्नी फेल, मृगी रोगी, डाइलेसिस भएका बिरामी, उठ्ननसक्ने दीर्घरोगीले औंषधी खानु हुदैन । सुरुमै माइक्रो फाइबेरिया किरा शरीरभित्र प्रवेश गर्ने र तत्काल औंषधी नखाए जटिल बन्ने छ ।
क्युलेस जातको लामखुट्टेले टोकेर लाग्ने रोग हो ।  एकैपटक खाए निको नहुने प्रत्येक वर्ष १ पटकका दरले ६ पटक खानुपर्ने हुन्छ ।ब्याक्टेरिया शारीरमा प्रवेश गरेपछी देवसन नहुने तर, रोग निर्मुल पार्ने औंषधी नखाए शारीरिक रुपमा कुरुपता र अपांग भई पीडित हुनेछ ।
प्रचारप्रसार कमी, अदिवासी, सन्थाल, मुस्लिम समुदाय, शिक्षित समुदाय, ग्रामीण भन्दा बजारी क्षेत्रमा समस्या देखिएको कार्यक्रममा सहजकर्ता प्रमुख सापकोटाले जानकारी दिइन् । उनले विभिन्न कारणले औषधि खान छुटेकालाई नजिकैको स्वास्थ्य सेवामा गई औषधि खान आग्रहसमेत गरेकी थिइन् ।
मेचीनगरलाई हात्तीपाईले मुक्त बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले मात्रै नसक्ने अवस्था भएकाले शिक्षक, संचारकर्मी र प्राइभेट क्लिनिकसँग समन्वय र अन्तरक्रिया गरेर अभियान सफल बनाउने योजना रहेको समेत शाखा प्रमुख सापकोटाको भनाई थियो । मेचीनगरका विभिन्न ठाउँबाट वैदेशिक रोजगारका लागि बिदेश पुगेकाहरु फर्किने अवस्था भएको ।  कार्यक्रमको संचालन सन्तोष मेचेले गरेका थिए ।