विर्तामोड । मोटरसाईकल दुर्घटनामा परी झापा विर्तामोडका एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी विर्तामोड-७ का ३८ वर्षिय तेजमणी खरेल (कमल) को मृत्यु भएको हो ।
सुरुङ्गाबाट विर्तामोड आउने क्रममा खरेल सवार रा १ प ६३०० नम्बरको मेटरसाइकललाई वुधबार साँझ ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा कल्भर्ट नजिकै वसले ठक्कर दिएको थियो । सोहि दिशाबाट आउँदै गरेको प्रदेश १-०१ -००१ ख ४२६८ नम्वरको बसले खरेल सवार मोटरसाइकललाई ठक्कर दिएको विर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । खरेलको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार मेचीनगर-१० का प्रसन्न दनुवार सामान्य घाइते भएका छन् । घटनामा संलग्न वस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरीएको प्रहरीले जनाएको छ ।






















































