मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले नगरको भौतिक र प्रणालीको बिकासमा गर्न सबैको साथ र सहयोगको आवश्यक भएको बताएका छ्न् ।
प्रेस क्लब मेचीनगरले शुक्रबार आयोजना गरेको सञ्चार क्षेत्रकाे समस्या र समाधान तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई स्वागतसहितको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
सबैको सकारात्मक सहयोग र साथ नगरपालिकालाई पुर्वकै नमूना नगरको रुपमा बिकास गर्न सकिने उनको भनाई थियो ।उनले मेचीनगरमा सबै क्षेत्रमा देखिएको समस्या, गिरेको साखलाई जोगाएर नयाँ र सकरात्मक सन्देश प्रवाह गर्ने बताए ।
बिकास साझेदार हो मिडिया, उनले भने ‘स्थानीय सरकारको साझेदार मिडिया पनि एउटा अंग हो । नगरभित्रका मिडियाका समस्या र त्यसको सामाधानका लागि नयाँ मोडमा ल्याउन आवश्यक भएको उनको भनाई थियो । तर, त्यो सिस्टममा लैजान सबैको साथ र सहयोगको आवश्यक छ ।
अन्य नगरको उदाहरण प्रस्तुत गर्दै प्रमुख प्रशाकीय अधिकृत अधिकारीले भने,`मलाई यो नगरमा असफल हुने छुट छैन ।´
अन्तरक्रिया कार्यक्रममा अग्रज पत्रकारहरु मोहन काजी, तारामणि सापकोटा, ज्ञानेन्द्र निरौला, अम्बिका भण्डारी, अर्जुन कार्की, झुलन रेग्मी, जीआर धिताल, देबु बानियाँ, शिशिर चौलागाँई,  खगेन्द्र घिमिरे, प्रकाश उप्रेती, दिलिप थापा, भोला तिम्सिना, नवराज सुवेदी, विनिषा शर्माले सञ्चार क्षेत्रमा भएका समस्या र समाधानका विषयमा मेचीनगरपालिकाले मिडियालाई गर्दै आएको दुर्ब्यवहालाई मिडियामैत्री बनाउन सुझाव दिएका दिएका थिए ।
कार्यक्रम मेचीनगरमा लामो समयदेखि कर्मचारी, जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर नहुँदा आमनगरवासीले सास्ती व्यहोर्नु परिरहेको, नगरपालिका मिडिया मैत्री नभएकोमा स्थानीय सञ्चारकर्मीहरु पनि रुष्ट बनेकाले समस्या सामाधानका लागि प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कायक्रमको स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।