काँकरभिट्टा । भारतबाट प्रहरीकै सेटिङमा भित्रिएको लाखौं मूल्यको अबैध सामान बरामद भएको छ । प्रहरीकै सेटिङमा भारतबाट नेपाल भित्रिएको ५२ बोरा लत्ताकपडा बरामद गरी मुचुल्का उठाएर भन्सार बुझाउँने तयारी गरेको छ ।
कसरी भित्रियो ५२ बोरा अबैध सामान ?
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी र मेची भन्सार कार्यालयबाट खटेको टोलीले मेचीनगर-६ स्थित गैरीगाउँको छुट्टाछुट्टै ठाउँबाट सोमबार राती ११ बजे नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरीको टोलीले सोही ठाउँको एक घरको छेउ मकैबारीमा लुकाएर राखेको अवस्थामा छापा मारेको थियो । जिल्ला प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय काँकरभिट्टादेखि करिब एक किलोमिटरमा पर्ने गैरीगाउँमा छापा मार्दासम्म इप्रका काँकरभिट्टाको प्रहरी अन्तिममा घटनास्थल पुगेको थियो ।
अबैध रुपमा भित्रिएको सामान पक्राउ गरेपनी अबैध सामान भित्र्याउने तस्करीलाई भने प्रहरीले छुट दिँदैआएकाे छ । एकातिर भारतको पानीट्याङ्कीबाट सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याइएका सामाग्रीको भन्सार तिर्न उर्दी गर्ने गरेका छन् भने उनिहरुकै सेटिङमा ठूलो परिणाममा सामाग्री भित्र्याइँदा भन्सार कर असुली घट्दै आएको छ ।काँकरभिट्टा सिमा क्षेत्रमा खटेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीकै संलग्नतामा लाखौं मूल्यकाे सामान भित्र्याउँदै भन्सार छली गरेको बिशेष श्रोतले बतायो ।






















































