मेचीनगर ।  बिदेश पुगेका श्रीमानका महिला र बिदेश पुगेका श्रीमतिका पुरुषहरुले सीप सिकेर उद्यमी बन्ने बिधि सिकेपछी सहभागी महिलाहरु उत्साहित बनेका छ्न्  ।

वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गर्दै मेचीनगरले आयोजना गरेको २१ हप्ते सुरक्षित आप्रवासी (सामी) कार्यक्रममा सहभागी महिलाहरुले बिदेशबाट पठाएको रकमलाई सहि ठाउँमा सदुपयोग गर्ने बिषयमा तालिम दिइएको थियो । IMG_20240505_131358कार्यक्रमको प्रमुख अतिथि मिना उप्रेती पोख्रेलले तालिममा सहभागी महिलाहरुले सिकेको सीपलाई ब्यवहारमा सदुपयोग गर्न आग्रह गरेकी थिइन् । वैदेशिक रोजगारीपछि पठाएको रकम दुरुपयोग हुँदा परिवारबीच समस्या आएको भन्दै त्यसलाई सदुपयोग गर्न आग्रह गरेकी थिएन् ।

कार्यक्रममा तालिममा सहभागीमध्ये मेचीनगर-७ कि बबिता रिजालले दैनिक घरायसी खर्चको अभिलेख राख्ने, कसरी बचत गर्ने, बिदेशमा आफन्त अप्ठ्यारोमा पर्दा के गर्ने, सीप सिकेर आफू आत्मनिर्भर बन्दै घरायसी खर्चको जोह गर्न लगायतका बिषय समेटेर दिइएको बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा अतिउपयोगी भएको धारणा राखेकी थिइन् । IMG_20240505_135835त्यस्तै ज्योति खरेल दाहालले वैदेशिक रोजगारी कै क्रममा भिषाको म्याद सकिँदा के गर्ने, वैदेशिक रोजगारीकै क्रममा आफन्तको मृत्यु भए राहत पाउन के गर्ने भन्ने बारेमा स्पष्ट भएको अनुभव सुनाइन् । 

तालिम सहजकर्ता प्रमिला कट्टेलको तालिमको आशयलाई लागू गरे आफुले आफ्नै योजनामा उद्यमी बनेर जिबिकोपार्जनको मुख्य श्रोत बनाउन सकिने भएकाले सिप र ज्ञानलाई ब्यवसायिक र ब्यवहारिक बनाउन आग्रह गरिन् ।

मेचीनगर-७ वडाध्यक्ष प्रल्लादमणि ओलीले वैदेशिक रोजगारीबाट फर्केका दम्पतिमा मनमुटाब बढेपछि दैनिक २ वटा सम्बन्ध बिच्छेदको मुद्दा आउँने गरेको भन्दै सहभागी महिलाहरुलाई सामुहिक रुपमा लगानी गरेर उद्यमी बन्न आग्रह गरेका थिए ।IMG_20240505_133304नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मेचीनगरको सहयोगमा मेचीनगर वडा नम्बर १,६,७ र ९ बाट वैदेशिक रोजगारीमा गएका परिवारका ९० जना महिला सदस्यको सहभागिता रहेको थियो ।

स्थानीय चन्द्रा रिजालले सीपमुलक तालिम सिकेपछि उत्पादित कृषि वस्तु अचार, धुप, च्याउ मायाको चिनो प्रदान गरिएको थियो । प्रल्लदमणि ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शेखर बुढाथोकीले गरेको थियो ।