मनोज सिटौला

बुढानिलकण्ठ । सर्वसाधारण नागरिकको स्वास्थ्यवस्थालाई मध्यनजर गर्दै बुढानिलकण्ठ नगर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भएको छ । अस्पताल प्रशासनले २०८१ बैशाख १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको लागू गर्न स्वास्थ्य स्वयंसेवकमार्फत  घरदैलो अभियान सुरु गरी इच्छुक नागरिकको लगत संकलनसमेत सुरु गरेको छ । Messenger_creation_78156b9a-b048-41da-812f-db87574dd57fपहिलो पटक सबै सर्वसाधारणलाई स्वास्थ्य बिमाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । जानकारीकै क्रममा बिमा गराउन चाहने इच्छुकको तथ्यांकसहित फोटो खिचेर बिमा कार्ड उपलब्ध गराइने बुढानिलकण्ठ नगर अस्पतालका वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले जानकारी दिए ।

स्वास्थ्य कार्यक्रम अन्तरगत ५ जनासम्म परिवार सदस्यका लागि वार्षिक ३५ सय शुल्क लाग्ने र उक्त परिवारलाई औंषधीसहित १ लाखसम्मको उपचार सेवा प्रदान गरिने छ । त्यसैगरी ५ जनाभन्दा बढी सदस्य भएको परिवारका लागि प्रतिब्यक्ती ७ सय रुपैयाँ थप शुल्क लाग्ने र प्रतिब्यक्ती २० हजार वा २ लाखसम्मको बहिरंग, अन्तरंग र आकास्मिक स्वास्थ्योचार सेवा दिने वरिष्ठ जनस्वास्थ्य अधिकृत दाहालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख छ । 

बीमितलाई २०८१ भदौदेखि स्वास्थ्योचार सेवा प्रदान गरिनेछ । साथै, शारीरिक रुपमा अशक्त, अपांङ्ग, दृष्टिबिहिन, जेष्ठ नागरिक तथा अस्पतालले निर्दृष्ट गरेको दीर्घ रोगीहरुलाई नि:शुल्क वा सतप्रतिशत छुटमा स्वास्थ्य बिमा गरिने छ भने स्वास्थ्य स्वयम् सेवकका लागि ५० प्रतिश्त छुट दिइएको उल्लेख छ ।