झापा । भारतले परीक्षण भन्दै निकासीमा रोक लगाएपछि भारतमै अलपत्र परेका नेपाली चियाले निकासी पाएको छ ।

नेपाल-भारत मैत्री संघ झापाको पहलमा  भारतले पछिल्लो केहि समयदेखि परीक्षणको नाउँमा रोकेको नेपाली चियाले भारतको पानीट्यांकीबाट निकासी पाएको हो ।

चियाको प्रयोगशाला परीक्षण  गर्ने भन्दै २०८१ बैशाखको पहिलो हप्तादेखि निकासी रोक्दा २५ दिनयता पानीट्यांकीमा अलपत्र भएका थिए ।

वैशाख पहिलो साता पनि रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुुनः भारतले रोकेको २४ वटा हिजो भारततर्फ गएको हो ।

भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार झापा भ्रमणमा रहेको समयमा चिया निकासी रोकको सम्वन्धमा कुरा राखेपछि  निकासी खुला गरीदिन आदेश दिएपछि चिया निर्यात खुलेको  नेपाल भारत मैत्री संघका झापाका अध्यक्ष प्रदिपमणी  रेग्मीले जानकारी दिए । 

भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले झापा रहदा नेपाल भारतको भद्रपुरस्थित मेची सिमाना अवलोकनसमेत गरेका थिए भने चिया निर्यातमा आउने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पहल गर्ने समेत आश्वासन दिएको रेग्मीले बताए । 

भद्रपुर नगरपालीकाका प्रमुख गणेश पोखरेल, झापा उध्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठ समेतले सचिव साहिललाइ भद्रपुरमा स्वागत तथा सम्मान गरेका थिए।