बुढालिनकण्ठ । काठमाडौंमा एक युवकको हत्या भएको छ। गएराति काठमाडौंको बत्तीसपुतलीस्थित बीच सडकमै युवकको हत्या भएको प्रहरीको भनाई छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसएसपी रजौरेले जानकारी दिए।
घटनाबारे प्रहरीले तत्काल अन्य विवरण सार्वजनिक गरेको छैन । हत्या गरिएका युवकको शव सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको छ।






















































