मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना (रेमी) ले मेचीनगर-९ मा सामाजिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। अभिमुखिकरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तीनदिने कार्यक्रम सम्पन्न गरेको हो। बैशाख २७ गतेदेखि ९ नम्बर वडाका ५६ वटा टोल विकास संस्थाका पदाधिकारीहरु सम्मेलित कार्यक्रम बैशाख ३१ गते सम्पन्न भएको हो ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण परियोपजनाले मेचीनगर ९ मा बैशाख २७ गते मागुरमाणी सामुदायिक भवन, बैशाख ३० गते कवि शिरोमणी माविमा सामाजिक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।1वैदेशिक रोजगारीका शिलशिलामा आइपर्ने समस्याहरुलाई उजागर गर्न तथा आवश्यक सहजीकरण गर्ने उदेश्यले गरिएको  कार्यक्रमको अन्तिम दिन समापन सत्र बैशाख ३१ गते मेचीनगर साकोसको सभाहलमा आयोजना गरिएको थियो । सामाजिक अभिमुखिकरण कार्यक्रमको समापन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

समापन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले देशका युवाहरु  ठुलो संख्यामा रहरले होस वा बाध्यताले विदेशिने गरेको बताए । यसले समाजमा प्रतिकुल असर परिरहेको उनको भनाई थियो ।

आर्थिक समृद्धिका लागि विदेशिने धेरै नेपाली उतै समस्यामा पर्ने गरेको तितो यथार्य हामी माझ रहेको र यस किसिमका समस्या आउन नदिन तथा आएका भएपनि समाधान गर्न रेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

मेचीनगर ९ की वडा सदस्य सुस्मा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीसंगै रोजगार परामर्शकर्ता फडिन्द्रप्रसाद दाहाल, परिवार परामर्शकर्ता सरस्वती मिश्र, सामाजिक परिचालक सरोजकुमार खनाल र अन्जु खरेललगायतको सहभागिता रहेको थियो ।