काठमाडौँ । काठमाडौं बुढानिलकण्ठ- १३ मा वैशाख त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा आयोजना गरिने भएको छ ।

उक्त जात्रालाई ब्यवस्थित गर्न संगीतमय उत्सबको रुपमा मनाउन ड्रायगन युवा क्लबद्वारा चौथो साँस्कृतिक तथा सांगीतिक कार्यक्रम घोषणा गरेको छ।  

उक्त दिन बुद्ध जयन्ति परेकाले  बुढानिलकण्ठ-१३ स्थित गाम्चा चौरमा जेठ १० गते मध्याह्न १२ बजेदेखि संगीतमय कार्यक्रम  सञ्चालन गरिने रमेश श्रेष्ठ (प्रवेश) ले जानकारी दिए।

काठमाडौँ उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो काली मन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरू शान्ति श्री परियार, अस्मिता अधिकारी, प्रीति आले, मेलिना मैनाली, सरोज लामिछाने र कमल खत्रीसमेतको प्रस्तुति रहने क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रेष्ठ (प्रवेश) ले जानकारी दिए।

स्थानीय तथा नेपाली कला, संस्कृति, साहित्य, वाङ्ग्मय, स्वास्थ्य, शिक्षा र खेलकुदको प्रोत्साहन तथा प्रवर्द्धनमा लागि परेको क्लबका अध्यक्ष रोहित श्रेष्ठको भनाई छ।

क्लबले लामो समययता समाजमा घट्ने बिकृती बिसंगति विरुद्ध जनचेतना जगाउने खालका गतिविधि गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा तथा खेलकुदका कार्यक्रममार्फत् सकारात्मक रूपान्तरणमा निरन्तर लागि पर्दै आएको छ। 

त्यति मात्रै होइन संस्थाले बालबालिका र युवालाई लक्षित गर्दै कला, साहित्य र खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र एकता कायम गर्ने हेतुले समय–समयमा विभिन्न प्रतियोगिता तथा मैत्रीपूर्ण कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।